काठमाण्डु-लोकगायक रवीराज शाहको स्वरमा ‘दउरा घाटे के लेजाई‘.’ बोलको भोजपुरी छठ गीत बजारमा आएको छ ।
यो गीत अहिले काठमाडौं र मधेससहित भारतको उत्तर प्रदेश, बिहार, झारखण्डमा धेरै रुचाइएको छ । गीत यूट्यूवमा टेडिङमा रहेको छ । गत बर्ष ‘कौना घाटे औनाजाना’ बोलको भोजपुरी छठ गीत सार्वजनिक गरेका गायक शाहले त्यसलाई निरन्तरता दिदै यस वर्ष छठको नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गीत उमालाल यादवले लेखेका छन् । संगीत रौशन सिंह, भिडियो निर्देशन राजीव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । कुशवाहाले यस अघि भोजपुरी, हिन्दी, नेपालीसहित विभिन्न भाषाका गीतहरूको सम्पादन गरेका छन् ।
यस गीतमा गायक शाहसहित सिमा शर्मा, ममता मण्डल, विवि शाह, लगायतका कलाकारले अभिनय गरेका छन् । गीत गायक शाहको औफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया