म्हः पूजा मनाउन अलमल, भक्तपुरका नेवार समुदायले आज मनाउँदै

म्हः पूजा मनाउन अलमल, भक्तपुरका नेवार समुदायले आज मनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भक्तपुरका नेवार समुदायले शुक्रवार म्हः पूजा मनाउँदैछन् । उनीहरूले शनिवार भाइटीका मनाउने छन् ।

भक्तपुर नगरपालकाले नगरवासीलाई शुक्रवार साँझ सवा ५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते शनिवार साँझ ७ बजेर १ मिनेट बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेको हो । सोही निर्णयपछि नगरक्षेत्रका नेवार समुदायले शुक्रवार म्हःपूजा र शनिवार भाइटीका गर्ने भएका हुन् ।

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते आइतवार भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते शनिवार मनाउन आग्रह गरेको छ ।

यो सँगै उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल देखिएको छ ।

के हो म्हः पूजा ?

म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो । हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवारी सम्प्रदायमा म्हः पूजा गरिन्छ । आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ ।