हजारौं मूल्यका प्लाष्टिकका माला नष्ट

हजारौं मूल्यका प्लाष्टिकका माला नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ३५ पसलहरूबाट झन्डै ५० हजार मूल्यका प्लास्टिकका माला जफत गरि नष्ट गरेको छ ।

यसअघि नै सन्धिखर्क नगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको उत्पादन, बिक्री तथा ओसारपसारमा प्रतिबन्ध लगाएको सूचनाको अटेरी गर्दै कृत्रिम माला राखेर व्यापार गरिरहेको पाइए पछि नगरपालिकाले बजार अनुगमनको क्रममा बगैचा, चुत्राबेशी, भक्तीटोला, फुतबाङ्गलगायका बजारबाट प्लास्टिकका माला जफत गरेको हो ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालका अनुसार प्लास्टिकजन्य उत्पादनहरूले वातावरणका लागि हानिकारक हुने भएकाले यसलाई निरुत्साहित गर्ने नीति लिएको हो ।