युक्रेनमाथि विजय नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

युक्रेनमाथि विजय नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेशमन्त्री चो सोन हुईले घोषणा गरेकी छन् ।

यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिका र दक्षिण कोरियाले १० हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको र रूसको पक्षमा लडाँइमा सहभागी हुने बताउँदै आएका छन् ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लैजान चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ ।

विजयसम्म सधैं रुसी सेनासँग दृढतापूर्वक उभिने विदेशमन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी छन् ।

उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको बुद्धिमानी नेतृत्वमा कुनै शंका नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेकी छन् ।

उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेको छ भने प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशंका गरिएको छ ।

रूसी विदेशमन्त्री लाभ्रोभले २ देशका सेना र विशेष सेवाहरू बीचको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका छन् भने युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस आभारी रहेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखापरेका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको नयाँ चरण सुरु गरेको बताएका छन् ।