काठमाण्डु – नेकपा एमालेले आसन्न उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेता सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ ।
एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।
कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० गते निधन भएको थियो । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया