काठमाण्डु-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
शनिवार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पार्टी एकताका विषयमा उनीहरुबीच छलफल भएको छ ।
प्रचण्डसँगको भेटमा पछिल्ला समसामयिक राष्ट्रिय राजनीति लगायत समाजवादी मोर्चाको प्रभावकाररिता र नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने विषयमा पनि छलफल भएको छ ।
साथै संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहितका एजेन्डा कार्यान्वयनका विषयमा पनि उनीहरुबीच छलफल भएको छ ।
यसअघि प्रकाण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्दै भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया