भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाण्डु – तिहारको अन्तिम दिन भोलि आईतबार भाइटीका धुमधामसँग मनाइँदैछ ।

आईतबार पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आईतबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आईतबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

शनिबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।