३२ खेलपछि पहिलो पटक म्यानचेष्टर सिटीको हार

३२ खेलपछि पहिलो पटक म्यानचेष्टर सिटीको हार


काठमाण्डु-इङ्लिस प्रिमियर लिगमा ३२ खेलपछि म्यानचेष्टर सिटीले पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी बर्नामाउथसँग २–१ ले पराजित भएको हो ।

यसअघि सिटी डिसेम्बर ६ मा एस्टन भिल्लासँग १–० ले पराजित भएको थियो । त्यसयता ३२ खेलमा सिटी अपराजित थियो ।

यो हारपछि सिटी तालिकाको दोस्रो स्थानमा झरेको छ । १० खेलबाट टोलीको २३ अंक छ । शीर्ष स्थानमा उक्लिएको लिभरपुलको २५ अक छ ।

शनिबार राती नै भएको खेलमा लिभरपुलले ब्राइटनविरुद्ध रोमाञ्चक २–१ को जित निकालेर तालिकाको शिर्ष स्थानमा उक्लीएको हो ।