काठमाण्डु-भारतीय क्रिकेटर रिद्धिमान साहाले सन्यासको घोषणा गरेका छन् ।
रिद्धिमान लामो समयदेखि बंगाल रणजी टीममा विकेट किपरको रुपमा खेलिरहेका छन् । उनी भारतीय क्रिकेट टिमको पनि सदस्य हुन् । साहाले भारतका लागि ४० टेस्ट खेलमा १३५३ रन बनाएका छन् । यसबाहेक उनले ९ एकदिवसीय खेल पनि खेलेका छन् । जसमा उनले ४१ रन बनाएका छन् ।
साहाले सन् २०२१ मा भारतीय टोलीका लागि अन्तिम टेस्ट म्याच र २०१४ मा अन्तिम एकदिवसीय खेल खेलेका थिए ।
यसबाहेक उनी आईपीएलका पाँच टोलीहरू– कोलकत्ता नाइट राइडर्स,चेन्नइ सुपर किंग्स,पञ्जाब किंग्स,सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबाट पनि खेलेका थिए ।
‘क्रिकेटमा अविस्मरणीय यात्रापछि यो सिजन मेरो अन्तिम हुनेछ । सन्यास लिनुअघि रणजी ट्रफीमा मात्रै खेल्दै बंगालको प्रतिनिधित्व गर्ने मौका पाएकोमा गर्व गर्छु । यो सिजन अविस्मरणीय बनाऔं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया