काठमाण्डु – भारतको उत्तर प्रदेशस्थित आगरामा भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना भएको छ ।
सोमबार उडेको केहीबेरमा वायुसेनाको फाइटर विमान मिग २९ दुर्घटनामा परेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको छ ।
विमानमा २ पाइलट सवार भए पनि आगो लागेको थाहा पाएपछि पाइलट र को–पाइलट प्यारासुटमार्फत विमानबाट बाहिरिएका थिए ।
विमान पञ्जाबको आदमपुरबाट अभ्यासका लागि आगरा जाँदै थियो । दुर्घटनापछि विमान आगरा नजिकैको कागारौलको सोना गाउँमा खेतमा खसेको थियो ।
प्रतिक्रिया