प्रमुख सूचना आयुक्तमा सुरेश आचार्यको नाम सिफारिस

प्रमुख सूचना आयुक्तमा सुरेश आचार्यको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य सिफारिस भएका छन् । नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत रहेका आचार्य सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका हुन् ।

यस्तै आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएका छन् । विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् भने भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

 मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।