बुद्ध एयरले यात्रुका लागि जारी गर्‍यो ६ बुँदे अनुरोध

बुद्ध एयरले यात्रुका लागि जारी गर्‍यो ६ बुँदे अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुद्ध एयरले यात्रुका लागि ६ बुँदे अनुरोध जारी गरेको छ ।

आगामी शुक्रबारदेखि हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको सन्दर्भमा बुद्ध एयरले यात्रुलाई अनुरोध गरेको हो ।

विमानस्थलले करीब ५ महिनाका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिस टु एयर म्यान’ जारी गरेको छ, जसबाट उडान समय छोट्टिने जनाइएको छ ।

यस्तो छ बुद्ध एयरको अनुरोध

१. हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिपोर्टिङ गर्नुपर्नेछ ।

२. उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ ।

३. खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिनेछ ।

४. उडान रद्द भएका टिकटहरूलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिनेछ । अनलाइन टिकेटिङको हकमा त्यहीबाट रिफण्ड हुनेछ । यसका लागि ३–४ दिनको समय लाग्नेछ, ट्राभल एजेन्सीबाट टिकट लिएकाहरूले त्यही सम्पर्क गर्नुपर्नेछ ।

५. एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध गराइने छैन ।

६ अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुले फराकिलो समयको अन्तर वा १ दिन अगावैको टिकट लिएमा थप सहज हुनेछ ।