इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्तिलाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् ।

एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।