पूर्वमन्त्री दिपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय सदर

पूर्वमन्त्री दिपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय सदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।

सर्वाेच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मंगलबार उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै उनलाई दोषी ठहर गरेको हो ।

उच्च अदालत पाटनले मनाङ्गेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । जुन मुद्दामा मंगलबार अन्तिम अदालतबाट फैसला भएको छ ।