त्रिभुवन विमानस्थलबाट साढे ५ किलोभन्दा बढी सुनसहित तीन विदेशी पक्राउ

त्रिभुवन विमानस्थलबाट साढे ५ किलोभन्दा बढी सुनसहित तीन विदेशी पक्राउ


काठमाण्डु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलोभन्दा बढी सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्मारका नागरिक ५ किलो ७०० ग्राम सुनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

उनीहरूमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको जनाइएको छ । भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका सशप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ किलो ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ ।