काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३०० रुपैयाँले बढेको हो ।
हिजो १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया