काठमाडौँका यी ८ स्थानमा हुँदैछ छठ, महानगरले थाल्यो तयारी

काठमाडौँका यी ८ स्थानमा हुँदैछ छठ, महानगरले थाल्यो तयारी


काठमाण्डु-काठमाडौँका विभिन्न स्थानमा छठ पर्व मनाउन काठमाडौं महानगरपालिकाले तयारी र व्यवस्थापन थालेको छ ।

महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् । उनका अनुसार छठ पर्व व्यवस्थापनका लागि महानगरपालिकाले ८ स्थानमा काम गरिरहेको छ ।

महानगरपालिकाले यी स्थानहरूमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम गरिरहेको छ । यसमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर शाहले जानकारी गराएका छन् ।

महानगरपालिकाले गौरीघाट वडा ८, कोटेश्वर दोभान वडा ३२, कमलपोखरी वडा १, वंशीघाट वडा ११, बालाजु बाइसधारा वडा १६, धौखेल खोला वडा १३, कुमारी क्लब, वडा १४ र भुवनेश्वरी मन्दिर वडा १४मा छठको तयारी र व्यवस्थापन थालेको छ ।