काठमाण्डु-एमालेले जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटीकी उपसचिवसमेत रहेकी बोहोरालाई उम्मेदवार बनाएको हो ।
जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । उपमेयर सिहको मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले भने उपमेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छैन ।
बोहरा गत निर्वाचनमा पनि उम्मेदवार थिइन् । गत निर्वाचनमा माओवादी केन्द्रको साथ पाएकी कांग्रेसकी उम्मेदवार सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित हुँदा एमालेकी वोहोरा ३३९३ मतमा रोकिएकी थिइन् ।
करिब २ हजार मतले अघिल्लो चुनावमा पराजय ब्यहोरेकी उनै बोहोरालाई एमालेले फेरि एक पटक अवसर दिएको छ ।
प्रतिक्रिया