काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
हिजोदेखि ज्वरो आएर बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ ।
‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् ।’ सचिवालयले भन्यो ।
हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका भेटवार्ता रद्द गरेका थिए ।
प्रतिक्रिया