काठमाण्डु-रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । त्यसका लागि पार्टीले उम्मेदवारको दरखास्त आह्वान गरेको छ ।
उपनिर्वाचन हुन लागेका सबै स्थानमा उम्मेदवारीका लागि दरखास्त मागिएको केन्द्रीय निर्वाचन समन्वय समितिले जनाएको छ । समितिका संयोजक गणेश पराजुलीले उपनिर्वाचनमा भाग लिन योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको जनाउँदै सकभर सर्वसम्मतका आधारमा उम्मेदवार चयन गरिने जानकारी दिए ।
‘आकांक्षी धेरै भए आन्तरिक मतदानबाट उम्मेदवार छानिने छ’, उनले बताए । पार्टीका सदस्य नभएका स्थानमा स्वतन्त्र व्यक्तिलाई समेत उम्मेदवार बनाइने छ ।
स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो । २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन भएको थिएन ।
प्रतिक्रिया