भोलिदेखी धार्के–सितापाइला सडक १५ दिन बन्द

भोलिदेखी धार्के–सितापाइला सडक १५ दिन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौं र धादिङ जोड्ने ( सीतापाइला–धार्के) सडक पुनः बन्द हुने भएको छ । कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो । फेरी कात्तिक २१ गते जारी गरेको सूचनामा कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने उल्लेख छ ।

यो अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोक लगाइने  सूचनामा उल्लेख छ ।