नेपालले कुवेतलाई १ सय ८ रनले हरायो

नेपालले कुवेतलाई १ सय ८ रनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी यू–१९ टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको छ ।

१३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।

नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २/२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।

यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए।