काठमाण्डु – नेपाली सेनाको सैनिक श्रीमती संघको ४१औं वार्षिकोत्सव बिहीबार जङ्गीअड्डामा विविध कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विधिवत रूपमा पूजाअर्चना तथा झण्डोत्तोलन गर्नुका साथै संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कार्यहरूबारे समेत प्रकाश पारेका थिए ।
सोही अवसरमा प्रधानसेनापति महारथी अशोकराज सिग्देल र संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले संघको वार्षिक मुखपत्र सेवा सुमनको संयुक्त रूपमा विमोचन गरी प्रकाशित उत्कृष्ट लेख–रचनाका सर्जकहरूलाई पुरस्कृत गरेका थिए ।
सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्रछात्राहरू तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए ।
विक्रम संवत् २०४० कात्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ, सैनिक परिवारको हित र विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहँदै आएको छ ।
कार्यक्रममा रथीवृन्द, संघका पूर्वअध्यक्षहरू, संघका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्रछात्राहरू लगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो ।
प्रतिक्रिया