उपनिर्वाचनका लागि कांग्रेसले छान्यो जाजरकोटका उम्मेदवार

उपनिर्वाचनका लागि कांग्रेसले छान्यो जाजरकोटका उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका २ स्थानीय तहका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले बिहीबार उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिए । कुशे गाउँपालिका–७ को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफारिस गरेको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी निधन भएपछि पद रिक्त थियो । कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो ।

नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्म आफ्ना उम्मेदवारको नाम छनोट गरेको छैन ।