तस्विरमा उदाउँदो सूर्यलाई अर्घ्य

तस्विरमा उदाउँदो सूर्यलाई अर्घ्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तलाउ र पोखरीका किनारमा भक्तजनहरू उपस्थित थिए । बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतीहरूले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।

सन्तान सुख प्राप्ति,पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ ।