सुनसरी – सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ ।
बिहीबार सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको हाे ।
गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक (एसपी) समेनन्द बज्राचार्यले जानकारी दिए ।
टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।
प्रतिक्रिया