उपनिर्वाचनमा रास्वपाबाट मेयरको उम्मेदवार बने तीन हजार शुल्क

उपनिर्वाचनमा रास्वपाबाट मेयरको उम्मेदवार बने तीन हजार शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रास्वपाले उप निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारीको आवेदन आह्वान गरेको छ । अनलाइन प्लेटफर्ममा गुगल फाराममार्फत इच्छुक व्यक्तिले स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिन सक्ने छ ।

जसअनुसार गुगलमा फारामको एउटा लिंक रास्वपाले सामाजिक सञ्जालमा सेयर गरेको छ ।

गुगल फाराममा इच्छुकले उम्मेदवार बन्न खोजेको प्रदेश, जिल्ला, स्थानीय तह, वडा र पदका साथै आफ्नो नाम, जन्म मिति, मोबाइल नम्बर, रास्वपाको सदस्यता परिचय पत्र नम्बर, शैक्षिक योग्यता पनि भर्नुपर्ने अप्सन राखिएको छ ।

त्यसपछि आफू उम्मेदवारको हुनुको कारण, निर्वाचन क्षेत्रका मुख्य समस्या र निर्वाचित भएपछि गर्ने काम, निर्वाचित हुने आधार उल्लेख गर्नुपर्ने थप अप्सन छन् । त्यसपछि नागरिकताको फोटो पनि त्यही राख्नुपर्ने व्यवस्था छ ।

अन्त्यमा फाराम भर्दा लाग्ने शुल्क बुझाउन क्युआर कोड राखिएको छ र भौचर अपडेट गर्ने भनिएको छ । रास्वपाले यो फाराम भरेर उम्मेदवारी आवेदन दिनका लागि मेयर र उपमेयर पदमा तीन हजार, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष पदमा दुई हजार र वडाध्यक्ष पदमा एक हजार पाँच सय शुल्क तोकेको छ ।

रास्वपाले यो फाराम आइतबार दिउँसो २ बजेसम्म भर्नुपर्ने समयावधि तोकेको छ ।

यसरी संकलन भएका उम्मेदवारी आवेदन उपर प्रारम्भिक निर्वाचन गरेर अन्तिम उम्मेदवार छनोट गर्ने रास्वपाले जनाएको छ । जसअनुसार प्रारम्भिक उम्मेदवार नामावली आइतवार साँझ ८ बजेसम्म जारी गर्ने र सोमवार साँझ ५ बजेसम्म ती उम्मेदवारहरू उपर दाबी विरोध, त्यसपछि मंगलवार साँझ ५ बजेसम्म उम्मेदवारसँग छलफल गर्ने, सोही दिन उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने रास्वपाको कार्य तालिका छ ।

त्यसपछि बुधवार मतदान वा निर्णय गरेर पार्टीबाट निर्वाचनमा सहभागी हुने उम्मेदवार तय गरिने र त्यसको निर्णय दोस्रो दिन बुधवार सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।