स्थानीय तह उपनिर्वाचन : दैलेख र जाजरकोटमा कांग्रेसले टुंग्यायो उम्मेदवार

स्थानीय तह उपनिर्वाचन : दैलेख र जाजरकोटमा कांग्रेसले टुंग्यायो उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आसन्न स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेख र जाजरकोटका ४ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख तथा जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष र दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष पद रिक्त छ ।

दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष बिर्खबहादुर शाही, जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष मनबहादुर घर्ती, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख सरिता सिंह र दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको निधनपछि सो स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । गुरुङ, सिंह र घर्ती नेपाली कांग्रेसबाट निर्वाचित थिए भने शाही एमालेबाट निर्वाचित थिए । कांग्रेसले यी चारै स्थानमा उम्मेदवार टुंग्याएको हो ।

महावुमा झलक भण्डारी र नलगाडमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाइएको छ । यस्तै दुल्लुको वडाध्यक्षमा शेरबहादुर शाही र कुशेमा खम्मबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

उम्मेदवारमा सिफारिस भएकी सिंह गत वर्ष भूकम्पमा परेर निधन भएकी नलगाडकी उपप्रमुख सरिता सिंहकी सहोदर भाई बुहारी हुन् । पूर्व शिक्षिका रहेकी उनी कांग्रेसकी सामान्य कार्यकर्तामात्र हुन् ।

जाजरकोटका दुई वटा स्थानीय तहमा हुने उपनिर्वाचनका लागि पनि कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।

उपनिर्वाचन हुन लागेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्गिएको छ । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा खम्बबहादुर सिंह उम्मेदवार बनेका छन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो । सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्राचन्द सिंह सरिताकै भाइ बुहारी हुन् । पार्टीमा खासै सक्रिय नभए पनि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । उनी अहिले क्रियाशील सदस्य मात्रै छिन् भने पूर्व शिक्षक हुन् ।

यस्तै कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा मृत्यु भएको थियो । उक्त ठाउँमा अहिले कांग्रेसले उठाएका खम्बबहादुर सिंहलाई फेरि उठाएको छ । सिंह पार्टीको उक्त वडा कमिटी सभापति हुन् ।

यस्तै, कांग्रेसले दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा पनि स्व. श्यामसुन्दर तामाङकी श्रीमती पासाडीकी शेर्पालाई टिकट दिएको छ । श्यामसुन्दर कांग्रेसबाट पालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । गत वर्ष हृदयघातका कारण उनको निधन भएको थियो ।

अहिले स्थानीय तहका ४४ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।