प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा सर्वाेच्च अदालतको यस्तो आदेश

प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा सर्वाेच्च अदालतको यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा सर्वाेच्च अदालतले ‘अन्य’ आदेश गरेको छ ।

पूर्वबाल लडाकू लेलिन बिष्टले दायर गरेको प्रधानमन्त्रीद्वय समेत विरुद्धको रिटमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्य आदेश गरेको सर्वाेच्चको वेबसाइटमा उल्लेख छ ।

रिट निवेदकले अन्तरिम आदेश समेत मागेकोमा अदालतले अन्य आदेश दिएको छ । अन्य आदेशको विस्तृतमा लिखित आदेशमा उल्लेख हुनेछ ।

निवेदक विष्टले माओवादीको १० वर्षे सशस्त्र संघर्षका क्रममा बालबालिकालाई प्रयोग गरिएको भन्दै युद्ध अपराधमा कारबाहीको माग गरेका छन् ।