विराटनगर – जापान भ्रमण विवादित भएपछि कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् ।
नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाऊँ भन्दै निवेदन दिएका छन् ।
जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोपप्रति गम्भीर ध्यानाकर्षण भई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरिदिन उनले आग्रह गरेका छन् ।
उनको निवेदनमा उल्लेख छ, ‘आफूले आन्तरिक मामिला तथा कानूनमन्त्रीको पदबाट राजीनामा बुझाइसकेको पार्टी परिवारलाई अवगत नै छ । ममाथि उठेका सार्वजनिक टीकाटिप्पणी र आरोपको सत्यतथ्य छानबिनमा सहयोग पुर्याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुंगो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाऊँ ।’
आफू निर्वाचित सदस्य भएकाले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले प्रदेशसभा सदस्यको जिम्मेवारीमा रहिरहने उनले जनाएका छन् ।
प्रतिक्रिया