काठमाण्डु-विश्व स्वतन्त्रता दिवस आज नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइने गरिन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।
सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ ।
विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।
विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन युवा विद्यार्थीहरू अनि रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।
प्रतिक्रिया