काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आगामी ४ मंसिरमा हुने भएको छ । एनआरएनए उच्चस्तरीय समिति संयोजक शेष घलेले समितिको पहिलो बैठक मंसिर ४ गते काठमाडौं बालुवाटारस्थित एनआरएनएको कार्यालयमा हुने बताएका हुन् ।
एनआरएनएको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनोट लगायत सबै विवाद समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको १ कात्तिकको पत्रका आधारमा बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतले उत्प्रेषण परमादेश मुद्दामा २१ चैत २०८० मा गरेको फैसलापछि गठित उच्चस्तरीय समिति र उक्त समितिलाई दिएको आदेश कार्यान्वयन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्रालयले एकतापूर्ण महाधिवेशन गर्न पत्राचार गरेको थियो । सोही अनुसार बैठक गर्न लागिएको हो ।
प्रतिक्रिया