कोसीमा सत्तारुढ दलको दुई दलीय संयन्त्र गठन

कोसीमा सत्तारुढ दलको दुई दलीय संयन्त्र गठन


काठमाण्डु-केन्द्रमा संयन्त्र गठन गरेका सत्तारुढ नेपाली कांग्रेस र एमालेले कोशी प्रदेशमा पनि दुई दलीय संयन्त्र बनाएका छन् ।

सत्ता सहयात्रालाई थप कसिलो र प्रभावकारी बनाउने भन्दै आलोपालो अध्यक्षता गर्ने सहमतिमा कांग्रेस–एमालेले कोसीमा ६ सदस्यीय संयन्त्र गठन गरेका हुन् ।

संयन्त्रमा एमालेका तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् भने कांग्रेसबाट प्रदेश सभापति तथा दलका नेता उद्धब थापा, महामन्त्रीद्वय भुपेन्द्र राई र उमेश थापा छन् ।

केन्द्रदेखि प्रदेशसम्मै बनिरहेको यस्तो संयन्त्र जिल्लासम्मै विस्तार गर्ने बताइएको छ । कोसीका १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरूको संयुक्त बैठक शनिवार विराटनगरमा गर्ने निर्णय पनि संयन्त्रले गरेको छ ।