काठमाण्डु-सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही पु¥याइएका रास्वपाका सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।
लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
मंगलबार सुरु भएको बयान साँझसम्म चलेको थियो । तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले आज पनि बयान लिइ रहेको बताए ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई रुपन्देही लगिएको हो । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।
लामिछानेलाई बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा पु¥याइएको थियो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पटकपटक म्याद थप गराउँदै कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा उनलाई मंगलबार रुपन्देही लगिएको हो ।
प्रतिक्रिया