प्रधानमन्त्री मोदीले अस्वीकार गरे पाकिस्तानले दिएको निम्तो !

प्रधानमन्त्री मोदीले अस्वीकार गरे पाकिस्तानले दिएको निम्तो !


एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले दिने भनेको निम्तो अस्वीकार गरेका छन् । यसअघि मंगलबार पाकिस्तानी विदेश मन्त्रालयलका अधिकारीले इस्लामावादमा आयोजना हुने सम्मेलनका लागि मोदीलाई निम्तो पठाउने बताएका थिए।

पाकिस्तानी विदेश मन्त्रालयले सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) सम्मेलनका लागि  नरेन्द्र मोदीलाई पठाउने भनेको निम्तो भारतले अस्वीकार गरिदिएको हो।

 भारतीय विदेश मन्त्रालयका अधिकारीले भनेका छन,‘सार्क सम्मेलनको मिति सबै सदस्य राष्ट्रको सहमतिमा तय हुनुपर्छ। त्यो भएको छैन।’भारतीय दैनिक टाइम्स अफ इन्डियाले तत्काल सम्मेलन आयोजना गर्ने पक्षमा बंगलादेश र श्रीलंका पनि नभएको उल्लेख गरेको छ। बंगलादेशमा केही समयमा चुनाव हुँदैछ भने श्रीलंकाको आन्तरिक राजनीतिक संकट गहिरिँदै गएको छ।

कश्मीरलाई लिएर पाकिस्तान र भारतका बिचमा मुलभुत रुपमा मतभेद रहेको जानकारहरु बताउँछन । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भनिएपनि भारतले अस्वीकार गरेको छ ।

सन् २०१६ मा इस्लामवादमा हुनुपर्ने सम्मेलन भारतकै कारण रोकिएको थियो । भारतले उरी आक्रमणको बहानामा सार्कमा सहभागी हुन अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजले मोदीलाई निम्ता गरिने जानकारी दिए । सार्क सम्मेलन जसरी पनि सफल बनाउने उनले बताए । यद्यपि भारतसँगको सम्बन्ध नाटकीय रुपमा सुधार हुन नसक्ने फैजलको भनाई छ । उनले भारतसँग युद्ध लडेको हुनाले आफुहरुको भारतसँग तत्काल सम्बन्धमा सुधार नहुने दावी गरेका छन ।