काठमाण्डु – अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध ठगीको आरोपमा उजुरी परेको छ । काठमाडौं प्रहरी परिसरमा उनीहरूविरुद्ध ठगीको उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।
‘अमेरिका लगिदिन्छु भनेर पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा फिर्ता माग्दा पनि नदिएको भन्दै उजुरी परेको छ,’ प्रहरीले जानकारी दियो । घटनाको वास्तविकता के हो अध्ययन गरिरहेको प्रहरीले बताएको छ ।
श्रीमान, श्रीमती ऋचा र शंकर लामो समयदेखि अमेरिका बस्दै आएका छन् । उनीहरूले अहिले चलचित्र ‘तेस भिसा’ निर्माण गरेका छन् । यो चलचित्रमा ऋचाको लगानी र अभिनय छ । शंकरले यो चलचित्र लेखेका छन् । ‘तेल भिसा’ यही मंसिर ७ गते रिलिज हुँदैछ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।
’तेल भिसा’ प्रदर्शनको लागि शंकर र ऋचा अहिले काठमाडौंमा छन् ।
चलचित्रको कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ ।
प्रतिक्रिया