काठमाण्डु- नेपाल आईसीसी यू–१९ महिला विश्वकपमा घनोट भएको छ। बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समुह विजेताको रुपमा विश्वकपमा पुगेको हो।
विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।
६ खेलबाट समान १० अंक भएपनि युएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो। अंक तालिकामा नेपालको युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
नेपालका सना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहे। कप्तान पुजा महतो २१ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। ओपनर सावित्री धामी १२ रनमा क्याच आउट भईन्।
प्रतिक्रिया