काठमाण्डु– स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गरे ।
दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।
अध्यक्ष ढकालले आगामी दिनमा संयुक्त रुपमा एउटै संस्थाका रुपमा अगाडि बढ्दै पुँजीबजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायीमैत्री बनाउन मर्जरपछिको संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाहमा विश्वास व्यक्त गरे।
स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजीबजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।
प्रतिक्रिया