तेस्रो टी२० मा दक्षिण अफ्रिकाविरुद्ध भारत ११ रनले विजयी

तेस्रो टी२० मा दक्षिण अफ्रिकाविरुद्ध भारत ११ रनले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-तेस्रो टी२० खेल भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

दक्षिण अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा गए राति भएको खेलमा भारत ११ रनले विजयी भएको हो ।

भारतले दिएको २२० रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिण अफ्रिकाले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर २०८ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकालाई जितबाट रोक्न भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ३७ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो ।

भारतको जितका लागि तिलक वर्माले मात्र ५६ बलमा सर्वाधिक १०७ रन बनाए । त्यस्तै अभिशेक शर्माले ५० रन जोडे । जितसँगै ४ खेलको सिरिजमा भारत २–१ ले अघि रहेको छ । सिरिज अन्तर्गतको अन्तिम खेल शुक्रवार हुनेछ ।