भारत र दक्षिण अफ्रिकाबीच अन्तिम टी२० आज

भारत र दक्षिण अफ्रिकाबीच अन्तिम टी२० आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारत र दक्षिण अफ्रिकाबीच टी–२० सिरिजको चौथो तथा अन्तिम खेल आज जोहानसबर्गमा हुँदैछ । खेल नेपाली समयानुसार वान्डरर्स रंगशालमा राति पौने ९ बजे हुनेछ ।

चौथो टी–२० सिरिजमा भारत २–१ ले अगाडि छ । भारतले पहिलो खेल ६१ रनले र तेस्रो खेल ११ रनले जितेको थियो । दोस्रो टी–२० खेलमा भने दक्षिण अफ्रिका ३ विकेटले विजयी भयो । भारत र दक्षिण अफ्रिकाले अहिलेसम्म ३० वटा टी–२० खेलिसकेका छन् ।

भारतले १७ र दक्षिण अफ्रिकाले १२ मा जित हासिल गरेका छन् । दुई टिमबीचको एउटा खेल भने बराबरी भएको थियो ।

आजको खेलमा भारतीय टोलीमा कप्तान सूर्यकुमार यादवसहित सञ्जु सैमसन, अभिषेक शर्मा, तिलक वर्मा, रिङ्कु सिंह, हार्दिक पाण्ड्या, अक्षर पटेल, रमनदीप सिंह, वरुण चक्रवर्ती, रवि बिश्नोई र अर्शदीप सिंह रहेका छन् ।

दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्करामसहित रिजा हेन्ड्रिक्स, रायन रिकेलटन, ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, एन्डाइल सिमेलेन, मार्को यान्सन, जेराल्ड कोएत्जी, एन पिटर र केशव महाराज मैदानमा उत्रने छन् ।