भारतका एसएसबी प्रमुख आज नेपाल आउँदै

भारतका एसएसबी प्रमुख आज नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतको सशस्त्र सीमा बल (एसएसबी) महानिर्देशक प्रमुख अमृत मोहन प्रसाद आज काठमाण्डु आउँदै छन् ।

हरेक वर्ष पालैपालो एकअर्काको देशमा हुने द्विपक्षीय संवादका लागि एसएसबी महानिर्देशक प्रसाद नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतमा एसएसबीलाई नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ ।

सीमा सुरक्षामा खटिएका दुईवटा देशका सीमा सुरक्षा फौजबीच मैत्रीपूर्ण सम्बन्ध राखिराख्नका लागि यो भ्रमणको महत्व रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

आइतवारसम्म दुई सुरक्षा सङ्गठनबीच हुने द्विपक्षीय बैठकमा सीमा सुरक्षाका धेरैजसो पुरानै र केही नयाँ परिवेशका विकसित घटनाक्रमले प्राथमिकता पाउने सहप्रवक्ता थापाको भनाइ छ ।

सीमा सुरक्षाका अतिरिक्त नेपाल–भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई सङ्गठनहरू सहकार्य गर्दै आएका छन् ।

यसैबीच, भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पनि मंसिर ५ गते नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतका दुई सुरक्षा निकायका प्रमुखहरूको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ ।