पर्यटनमन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध दल र अनुशासन समितिमा उजुरी दर्ता

पर्यटनमन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध दल र अनुशासन समितिमा उजुरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । मन्त्री पाण्डेले पार्टी पार्टीको अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

पार्टी संसदीय दल स्रोतले मन्त्री पाण्डेले उजुरी दर्ता गराएको जानकारी दियो ।

पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै संसद बजगाईंविरुद्ध अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जानकारी दियो ।

‘उहाँ पार्टी हित र अनुशासन विरुद्ध जानुभयो । यतिसम्म कि मन्त्रीज्यूमाथि त प्रतिशोध नै साध्नुभयो । त्यही भएर हामी कानुनी प्रक्रियामा गएका हौँ,’पाण्डेको सचिवालयका एक सदस्यले भने ।

सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेका थिए । सांसद बजगाईँले त्यही पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेपछि पाण्डेले आफूले करोड त कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको बताएका थिए ।

गर्दै नगरेको काममा आरोप ललाएपछि पाण्डे कानुनी प्रक्रियामा गएका हुन् ।

मन्त्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गर्दै आएका छन् ।