वर्ल्डलिंकले दूरसञ्चारलाई बुझायो दुई अर्ब १५ करोड कर

वर्ल्डलिंकले दूरसञ्चारलाई बुझायो दुई अर्ब १५ करोड कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रुपैयाँ कर बुझाएको छ। सर्वोच्च अदालतले समेत कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले नेपाल दूरसञ्चार प्राधिकरणको हिसावअनुरुप कर तीर्न बाध्य भएको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले वर्ल्डलिंकले शुक्रबार बिहान दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोषबापत बक्यौता रहेको दुई अर्ब १५ करोड रुपैयाँ एकमुस्ट दाखिला गरेको जानकारी दिए ।

वर्ल्डलिंकले दाखिला गरेको रकम आर्थिक वर्ष ०६९।७० देखि ०७९।८० सम्मको रोयल्टी र आरटिडिएफ तथा त्यसमा थपिँदै आएको ब्याज र जरिवानासहितको भएको प्रवक्ता पौडेलले जानकारी दिए । वर्ल्डलिंकले आफ्नो नाममा रहेको पूरा बक्यौता तिरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता पौडेलले वर्ल्डलिंकले रोयल्टीबापत एक अर्ब ४५ करोड रुपैयाँ र आरटिडिएफबापत ७० करोड रुपैयाँ तिरेको हो।