काठमाण्डु-यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले हराएको छ । गएराति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । उनले अहिलेसम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो ।
अर्को खेलमा स्कटल्याण्डले क्रोएसियालाई १–० गोलले हरायो । समूह ‘ए’ मा पोर्चुगल १३ अङ्कसहित शीर्ष स्थानमा छ, क्रोएसिया ७ अङ्कसहित दोस्रो, पोल्याण्ड चार अङ्कसहित तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा स्पेनले डेनमार्कलाई २–१ गोलले हरायो । स्वीट्जरल्याण्ड र सर्बियाले बराबरी खेलेका छन् । यस्तै बुल्गेरियाले लक्जेम्बर्गलाई तथा नर्दन आइसल्याण्डले बेलारुसलाई हराएका छन् । सान मारियो र गिब्रल्टरले बराबरी खेलेका छन् ।
प्रतिक्रिया