यी हुन् यस वर्षका उत्कृष्ट करदाता (सूचीसहित)

यी हुन् यस वर्षका उत्कृष्ट करदाता (सूचीसहित)

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल


काठमाण्डु-सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बनेको छ । यस क्रममा सबैभन्दा बढी कर तिर्ने संस्थाको सम्मान नेपाल टेलिकमले पाएको हो ।

वस्तु निर्याततर्फ डाबर नेपाल तथा कृषितर्फ बढी कर तिर्नेमा पतञ्जलि आयुर्वेदलाई सम्मान गरेको छ ।

बैंकतर्फ भने उत्कृष्ट करदाताका रूपमा नबिल बैंकले सम्मान पाएको छ ।

त्यस्तै शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ तारागाउ रिजेन्सी, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटलाई विभागले सम्मान गरेको छ । एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स र सूचना प्रविधिसम्बन्धी सेवा निर्यातमा कोडावतार प्रालि पनि सम्मानित भएका छन् ।

व्यक्तिगत आयकरमा जाउलाखेल ग्रुपका राजबहादुर शाह सम्मानित भएका छन् ।

मूल्य अभिवृद्धिकर (भ्याट) बढी तिर्नेमा चिनियाँ लगानीको होग्सी सिमेन्ट परेको छ । यस्तै सोल्टी इन्टरप्राइजेज र वरुण वेभरेजले पनि उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।

वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप सम्मानित भएका छन् ।