काठमाण्डु– आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् ।
उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ ।
सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
हेर्नुहोस् सूची:-
प्रतिक्रिया