काठमाण्डु-दोस्रो टी२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित भएको छ । यो जितसँगै अष्ट्रेलियाले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।
सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । कङ्गारु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो ।
अष्ट्रेलियाका लागि म्याथ्यु शर्टले सर्वाधिक ३२ रन बनाए । जवाफमा पाकिस्तानी टोली १९.४ ओभरमा १३४ रनमा अलआउट भयो ।
पहिलो खेलमा पाकिस्तान २९ रनले पराजित भएको थियो । दुईबीचको अन्तिम खेल नेपाली समयानुसार सोमबार दिउँसो १ः४५ देखि हुनेछ ।
प्रतिक्रिया