काठमाण्डु-कीर्तिपुर नगरपालिकाको मेयरका लागि स्वतन्त्रबाट कुमार बानियाँ मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति पार्टीका दिल कुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।
यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका छन्, भने नेकपा एमाले र नेपाली कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
प्रतिक्रिया