काठमाण्डु – नेप्से झिनो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से २.१० अंकले वृद्धि भएर २ हजार ७ सय ५० दशमलव ८८ अंकमा पुगेको छ ।
नेप्सेसँगैसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ११ अर्व ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ रूपैयाको शेयर कारोबार भयो ।
दुई कम्पनीको शेयरमा सकारात्मक र दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया