काठमाण्डु- काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा कांग्रेसका देवेन्द्र पाठकले उम्मेदवारी दिएका छन् । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिले उनलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उम्मेदवारी दर्ता गराएका हुन् ।
पाठक कांग्रेसको वडा सभापति समेत रहेका छन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत एमालेले यो वडामा नेकपा एमालेले बाट लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार बनाएको छ ।
एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन छ । काठमाडौँ १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया